टेलिकमले ल्यायो ५५ रुपैयाँमा तीन दिनको ‘अनलिमिटेड प्याक’

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

Image may contain: text that says 'संविधान दिवस OFFER 28GB 1GB PER DAY DATA PACK Price Rs. B50555 555 (VALID FOR 28 DAYS) ADDON PACK GB DATA NETWORK, TIME) f SUBSCRIPTION f Unlimited or Unlimited offer UNLIMITED Facebook Price 55 Rs. (Validity:3 Days) Price Rs. 15 (Validity: Days) UNLIMITED YouTube Price Rs. 55 (Validity: Days) SUBSCRIPTION *1415*11# Package subscription from Asoj to Asoj 4 only The above prices are inclusive of TSC and VAT Use NT Mobile App राष्ट्रको सळ्चार NEPAL TELECOM'

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ ।