सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।
मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।
नुवाकोट अध्यक्ष राजेन्द्रराज श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई माला लगाएर सिन्धुलीका अध्यक्ष श्रेष्ठले स्वागत गर्दै संघका तर्फबाट गरेका राम्रा अभ्यासहरुको विषयमा जानकारी गराउनु भएको थियो ।
अध्यक्ष श्रेष्ठले उद्योग वाणिंज्य संघको स्थापना यता भएका राम्रा कामहरुको जानकारी गराउँदै आफ्नो आगामी योजनाहरु पनि सुनाउनु भएको थियो ।
कार्यक्रममा सिन्धुली उद्योग वाणिंज्य संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ र केन्द्रीय सदस्य अमरेश कुमार बैदारले स्वागत गर्दै आफ्नो कुरा राख्नुभएको थियो । भ्रमणमा आएका नुवाकोटका अध्यक्ष राजेन्द्रराज श्रेष्ठले आफ्नो जिल्लाको राम्रो कामहरु उपस्थित सिन्धुली उद्योग बाणिंज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । उनले सिन्धुली उद्योग बाणिंज्य संघले गरेको कामहरुको खुलेर प्रशंसा गरेका थिए ।










