सिन्धुलीमा नेपाल एसबी आई बैंक लुटियो, टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको भारतीय स्टेट बैंकको लगानीमा सञ्चालित नेपाल एसबी आई बैंक साँझ ७ बजे लुटिएको खबर छ । नकाब धारी समूहले सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर रकम लुटेको प्रारम्भिक खबर छ । के कति रकम लुटियो भन्ने यकिन विवरण न खुलेको र अहिले सिन्धुली प्रहरी घटना स्थल पुगिसकेको छ ।

घटनास्थलबाट प्रहरीले लुटेरा समूहले प्रयोग गरेको गाडी र डाइभर नियन्त्रणमा लिएको र सो क्रममा एक बोरा रुपैयाँ फेला पारेको एक स्थानीयले सन्देश जनप्रियलाई जानकारी दिएका छन् । यस विषयमा सिन्धुली प्रहरीले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । खोजतलासमा सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।

बनेपा बाट टाटा सूमो चढेर आएका भनिएका लुटेरा समूहले छोटा हतियार पेस्तोल प्रयोग गरेको र उनीहरु जंगलभित्रै रहेको आशंकामा खोजतालसलाई तिब्रता दिइएको थाहा लागेको छ । उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् ।

बैक लुटपाटमा संलग्नहरुले बनेपा बाट चढेर आएको भनिएको गाडी । फोटोः स्थानीय