सिन्धुलीः स्टेट बैंक अफ इण्डियाको लगानीमा सञ्चालित नेपाल एसबीआई बैंकबाट हिजो साँझ ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेराको समूहले लगेका छन् ।
सिन्धुलीका घ्याङलेख गाउँपालिका २ हायुटारमा रहेको सो बैंकमा ८ः४० बजेको समयमा नकाब लगाएर आएका ६ जनाको समूहले गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहारगर्दै कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकमा रहेको करिब ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटी लगेको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार रातीनैं खोजतलासका क्रममा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला पारिएको छ । लुटेरा समूहले काभ्रे जिल्लाको बनेपाबाट बिएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरेकोे र सो सुमो तथा चालक भवत सिंह थापा लाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।










