बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुसहर समुदायलाई आज घरको साँचो हस्तान्तरणगर्दे


जनता आवस कार्यक्रम अन्तरर्गत सिन्धुलीको दुधौली नगरपालिकामा बनेको मुसहर समुदायको भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिंदैछ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर कार्यक्रम गर्ने कार्यक्रम छ । आफ्नै क्षेत्रमा मुशहर बस्ती निर्माणमा दुधौली नगरपालिकाले महत्वपूर्ण भुमिका निभाईरहेको पाइएको छ । नगरपालिकाले मुशहर समुदायको बस्ती नमुना बस्तीको निर्माणमा सहयोग पु¥याउने र आर्कषको केन्द्र बनाउन जोड दिइरहेको नगरप्रमुख घनश्याम राउतले बताए । उनले भने – “ मुशहर समुदायका घरहरु निर्माण गर्ने काम नुमना रुपमा सफल बनाएका छौं ।

Image may contain: 1 person
मुख्यमन्त्री डोरमणी पौडेल: फाइल फोटो


विपन्न समुदायलाई घर निर्माण गर्ने नीति अनुसार मुशहर वस्ती निर्माणको काम अगाडि बढेको थियो । मुशहर समुदायका लागि दुधौलीमा ३ सय ५५ वटा घर धमाधम निर्माण भईरहेका छन् । आवास विहीन सिमान्तकृत, दलित र विपन्न समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौलीमा घर निर्माणको काम अगाडि बढेपछि मुशहर वस्तीमा खुसी छाएको छ ।

Image may contain: bridge, sky and outdoor
Image may contain: one or more people, sky, house and outdoor


जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीमा १ सय ६६ वटा घर निर्माण सम्पन्न भईसकेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका प्रमुख ईन्जिनियर दुर्गा प्रसाद घिमिरेले बताए । बाँकी निर्माणधिन घरहरु निमार्ण सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

Image may contain: sky, house, outdoor and nature