दुर्घटनामा परेर घाइते भएका नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीलाई थप उपचारका लागि बाँकेको कोहलपुरमा ल्याइएको छ।
आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका थिए।

भण्डारीलाई बिहान ३:३० बजे कोहलपुर ल्याइएको हो । भण्डारीको सिटी स्क्यान नर्मल देखिएको चिकित्सकले बताएका छन् ।
अस्पताल स्रोतका अनुसार, दाहिने खुट्टा र दाहिने हात भाँचिएको छ । उनी खतरामुक्त रहेका छन्। होसमा आइसकेका छन् ।










