सन्दीप आवद्ध जमैका तलावाज सेमीफाइनलमा

सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ।

शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।

आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ । पाँचौँ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष चारटोली सेमिफाइनल पुग्छन्। पहिलो स्थानको ट्रिनवागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ । त्यसपछि रहेका गुयाना अमेजन वारियर्सको १० खेलबाट १२ र सेन्ट लुसियाको ८ खेलबाट १० अंक छ।

यसअघि बिहीबार साँझ भएको खेल वर्षाले प्रभावित भएपछि जमैका र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले एक एक अंक बाँडेका थिए।