पर्सा र बारामा गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
अस्पतालमा ५ सय ८४ जनाको स्वाब परीक्षण गरिएकोमा पर्साका २७ र बाराका १९ जनामा संक्रमण देखिएको हो।
संक्रमण देखिनेमा प्रहरी, बैंकका कर्मचारी गरी १८ वर्षदेखि ४५ बर्षका ३५ पुरुष र १० जना महिलाहरु रहेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १०, ११, १४ र २२ का दुई दुई जना, वडा नम्बर ८, १५ र २१ का एक एक जना छन्।
यस्तै नबिल बैंक वीरगञ्ज शाखाका ५ जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ।
कालिकामाई गाउँपालिका १ मा दुई, ३ मा एक जना, सखुवा प्रसौनी गाउँपालिका ४ मा दुई, ५ मा एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एकजनामा पनि संक्रमण देखिएको छ।
यस्तै बाराको निजगढ नगरपालिकामा १४, निजगढ इलाका प्रहरी कार्यालयका ६ जना, सशस्त्र प्रहरी पिलुवामा कार्यरत दुई जना, कामना विकाश बैंकका एक जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।











