शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि सञ्चालनमा ल्याएका छन् ।

अस्पतालमा बिग्रिएर बसेका भेन्टिलेटरहरु ६ जना स्वयमंसेवकहरुले ४ लिनको मर्मतपछि सञ्चालनमा ल्याएको बताइएको छ । उक्त कार्य निःशुल्क गरिएको महावीर पुनले जानकारी दिए । उनले गिग्रिएर थन्क्याइएका कुनै भेन्टिलटर नफाल्न अस्पतालका सञ्चालकहरुलाई अपील समेत गरेका छन् ।

यस्तै कामको लागि भारतमा बस्ने नेपालीहरुलाई भेन्टिलेटरको
केहि पार्टपुर्जाहरु किनेर पठाई दिन अनुरोध गरेको बताएका थिए । उनी अगाडी भन्छन्ः सित्तैमा भने मागेको होइन ्र हाम्रो अनुभव अनुसार एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंया सम्मको पार्टपुर्जाहरु फेर्यो भने काम गर्दो रहेछ अथवा अलि कति मर्मत सम्भार गरियो भने हुँदो रहेछ ।

यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन् भने किन नबनाउने ? उनले पुनले प्रश्न गरेका छन् । यसको लागी मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने उनको भनाई छ ।











