काठमाडौँ: नेपाल आयल निगमले आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ।
बुधबार बसेको निगम सञ्चालक समितिको बैठक बजारमा ग्यासकाे माग घटेको विश्लेषण गर्दै अब भरी सिलिण्डर नै ग्यास दिने निर्णय गरेको हो।
लक डाउन सुरु भएसँगै ग्यासको माग बढेपछि निगमले चैत १६ गतेदेखि आधा सिलिण्डर (७.१ किलो) बिक्री गरेको थियो। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई पूरा सिलिण्डर ग्यास भर्न दिइने जानकारी दिए।
निगमले ग्यासको आयात पर्याप्त रहेको, बजारमा माग घटेको अवस्थामा आधा सिलिण्डर मात्र बिक्री गरिरहनु उपयुक्त नहुने निष्कर्ष निकालेको छ।
देशभरका ५९ ग्यास उद्योगमा करिब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको छ। तीन दिनदेखि ग्यासको माग कम भएको छ।