भारत इटलीकै बाटोमा, संक्रमण र मृत्युको तरिका उस्तै

भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारतको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ । 

भारतमा कोरोना भाइरसको संक्रमण र मर्नेको संख्या लगातार बढिरहेको छ । भारतमा दिनदिनै कोरोना भाइरसको खतरा बढ्दै गएको छ । 

भारत यतिवेला तेस्रो चरणमा रहेको विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको लक्षण, यसको तीब्रता हेर्दा भारत इटलीको बाटोमा गएको विश्लेषण भइरहेको छ । खालि समयको फरकमात्र छ । १ अप्रिलसम्म भारतमा १९९८ संक्रमित भेटिएका थिए । ५८ जनाको मृत्यु भएकोे थियो । १ मार्चमा इटालीमा १५७७ र मृत्यु ४१ थियो । 

इटलीको मार्च १ देखि ६ सम्म र भारतको १ अप्रिलदेखि ६ अप्रिलसम्मको तुलना गर्दै विश्लेषण गरिएको छ । ६ अप्रिलसम्म भारतमा ४७७८ संक्रमित र मृत्यु एक सय ३६ र इटालीमा ६ मार्चसम्म ४६३६ संक्रमण र मृत्यु एक सय ९७ रहेको थियो ।

यसमा अन्तर केवल समयको छ । १ मार्चमा इटलीमा कोरोनाबाट मृत्युदर ३३.०१ प्रतिशत र १ अप्रिलमा भारतमा मृत्यु दर २८.१६ रहेको छ । 

भारतमा अहिलेसम्म ८५ हजारको मात्र परीक्षण गरिएको छ । 

समयमा नै भारतमा लकडाउन गरेकाले डढेलो जस्तो फैलने खतरा नहुन सक्छ । तर, यसका प्रारम्भका संकेत हेर्दा भारत कोरोना संक्रमणमा इटलीसँग प्रतिस्पर्धा गर्ने अवस्था देखिन्छ । नेपाल र भारतीच खुल्ला सीमा हुनु, हजारौं मजदुरहरु भारतबाट यसबीचमा आएकाले नेपालमा पनि यो संक्रमण डढेलो जस्तै सर्ने खतरा अझै कायम छ ।  एजेन्सीको सहयोगमा