बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले यो सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । जर्मन बुण्डेसलिगामा ३४ गोल गरेका लेवान्डोस्कीले च्याम्पियन्स लिग फुटबलमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दैै आएका छन् ।
उनको दुई गोलको सहयोगमा बार्यन म्युखिन शनिबार राति भएको खेलमा चेल्सीलाई पराजित गरी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

लेवान्डोस्कीले यो सिजन च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका छन् । उनी एकै सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरी क्रिष्टियानो रोनाल्डोले बनाएको कीर्तिमान भंग गर्ने यात्रामा रहेको जस्तो देखिन्छ ।
रोनाल्डोले सन् २०१३–१४ को सिजनमा रियल मड्रिडका लागि च्याम्पियन्स लिगमा १७ गोल गरेका थिए । उनको सो कीर्तिमान भन्दा लेवान्डोस्की मात्रै चार गोल पछि रहेका छन् ।
बार्यन म्युनिख लिस्बोनमा हुने बार्सिलोनासँगको क्वाटरफाइनलमा विजयी हुँदै सेफिाइनल र त्यसपछि फाइनलमा पुग्यो र लेवान्डोस्कीले गोलको क्रम जारी राखे भने रोनाल्डोको कीर्तिमान भंग वा त्यससँग बराबरी गर्ने सम्भावना देखिएको छ ।










