सुटकेशमा शव, जेब्रा झोलामा खुट्टा र टाउको

राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ। सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन।

अन्दाजी ४५ वर्षका लाग्ने पुरुष व्यक्तिको हत्या भएको प्रहरीले जनाएको छ। शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।