कमलामाई नगरपालिका ९ मा एक जना र ठेगाना नखुलेका अर्का एक जनासहित २ जना कोरोना संक्रमित थपिएका छन् । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार स्वाब लिएका मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।










