सरकारका प्रवक्ता खरेल भन्छन्- चुनाव फागुन २१ भन्दा यताउता हुँदैन

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चुनाव निर्धारित मितिमै हुने आश्वस्त पारेका छन् । क्याविनेटका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेसको आधिकारिकता विवादले निर्वाचन सर्छ कि भन्ने आशंका रहेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै खरेलले सरकार पूर्ण तयारीा रहेको बताए ।

चुनावका स्टेक होल्डर अरु पनि रहेकाले सबैको उत्तिकै भूमिका हुने उनको भनाइ छ । मन्त्री खरेलले भने, ‘फागुन २१ भन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ । निर्वाचन गराउने सरकारले मात्र होइन । आयोग, दल र सरोकारवाला छन् । निर्वाचन आयोगको निर्णयहरू पर्खिउँ म यत्ति भन्छु ।’