माओवादी केन्द्र बागमतीका नेता न्यौपाने भन्छन्‌: जबजसँग आत्मासमर्पण गर्ने हो भने ‘छोरासँग होइन, बा सँग’ गरौं !

सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्‌नै पार्टीका नेताहरु उभिएका छन् ।
माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता गर्न थालिएपछि त्यसको त्यसको प्रतिवाद गर्दै छोराहरु सँग होइन बासँग एकता गर्न आग्रह गरेका छन् ।
आफ्‌नो पार्टीले अँगाल्दै आएको माओवाद, चुनाब चिन्ह (गोलाकार भित्रको हसिंया हथौडा) छोड्ने हो भने जनताको बहुदलीय जनवादसँग आत्मसमर्पण हुन जाने बताउँदै न्यौपानेले छोराहरु सँग नभई बा (मालिक) सँग पार्टी एकता गर्न अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् ।
सिन्धुली माओवादीमा अध्यक्ष प्रचण्डको नाममा गुटगत गतिविधीगर्दै आएका न्यौपानेले समाजवादीसँग माओवादी केन्द्रले एकता अभियान चलाएपछि सो एकता बिरुद्ध न्यौपाने सहित केही केन्द्रीय नेताहरु खुलेरै लागेका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका उपाध्यक्ष समेत रहेका न्यौपानेले अध्यक्ष प्रचण्डको विरुद्ध लेखेको स्टाटस एमालेका नेताहरुलाई मेन्सन गरेका छन् ।
न्यौपानेले लेखेको स्टाटस जस्ताको तस्तैः माओबाद छोड्ने हो भने र चुनाब चिन्ह गोलाकार हँसिया हथौडा छोड्ने हो भने जबजसँग आत्मासमर्पण हुन जान्छ । मालिकसँग नंै (बा सँग) एकता गरौ किन छोराहरु (एस) सग गर्नु ???
यस अगाडि माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्व सांसद लेखनाथ दाहालले पनि सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले नेकपा एससँग गर्न लागेको पार्टी एकताको विरोध गरेका थिए ।