सिन्धुली: राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु त सिन्धुलीमा थुप्रैनैं दे्खिए । गाउँबाट हात्तीछाप चप्पल पड्काउँदै सिन्धुली सदरमुकाम आएका नेताहरु रातारात मालामाल भएपछि उनीहरुका बिरुद्ध चिया चौतारामा कुरा काट्नेहरु बग्रेल्ती भेटिन्छन् ।
समाजसेवाका नाममा मेवा खानेहरुको पनि सिन्धुलीमा एक दर्जन जतिनैं नाम पुग्दो रहेछ । तर धर्मका नाममा सर्मनैं नमानी आफ्नै मनोमानी गर्नेहरु पनि यस पटक सिन्धुलीमा देखिए । कुरा गएको तिहारको हो । मानसेवा आश्रम बनाउने भन्दै सिन्धुलीको कमलामाई नगरपालिकाको बिभिन्न स्थानमा देउसी भैलो खेलियो । देउसी भैलो कार्यक्रमको व्यानरनैं बोकेर खेलिएको देसी भैलोमा उठेको रकमबाट ओम शिब भगवती काली मानव सेवा आश्रम बनाउने पवित्र उदेश्य माइस्थान शिरमा पिकनिक गएसँगै एकाएक अपबित्र बन्न पुगेको बिबरणले सम्पूर्ण भक्तजनमा आक्रोस पैदा गराएको छ ।
सन्देश जनप्रियलाई प्राप्त जानकारी अनुसार देउसी भैलोबाट उठेको रकम पवित्र काम गर्न छोडेर मनोरञ्जनात्मक पिकनिक गरिएपछि धर्मका नाममा सर्बनाम गर्ने भन्दै आलोचना शुरु भएको छ । यस सम्बन्धमा सो संस्थाका प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । देउसी भैलो खेलेको फोटो तथा भिडियोहरु जनप्रियलाई उपलव्ध गराउँदै सो संस्थामा आवद्ध रहेका केही स्थानीयले आक्रोस पोखेका थिए । उनीहरुले देउसी भैलोबाट कति रकम संकलन भयो भन्ने कुरा आफूहरुलाई केही पनि थाहा नभएको र आफूहरुले पिकनिक आयोजना गर्न नहुने तर्क राखेको बताएका थिए ।
बुधवारको सन्देश जनप्रियले यो समाचार प्रकाशन गरेको छ ।1











