एमाले बागमती प्रदेशका नेता कार्कीले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई दिए यस्तो चेतवानी !

सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीले पार्टीका स्थायी कमिटी सदस्य योगेश भठ्ठराईको आलोचनागर्दै नेपालको संविधान राम्रोसँग पढ्न र आफ्‌नो कुण्ठालाई सार्वजनिक रुपमा नपोख्न चेतावनी दिएका छन् ।
पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विषयलाई प्रष्ट पार्ने क्रममा थोहो टेलिभिजनमा प्रस्तुत अर्न्तवार्ताको आलोचनागर्दै बागमती प्रदेश सचिवालय सदस्यसमेत रहेका कार्कीले संविधान पुर्नस्थापना हुँदा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख तीन जना प्रधानमन्त्री बन्न नहुने सुझावको आलोचना गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा निरन्तर सामाजिक सञ्जालमा सक्रिय रुपमा लेख्दै आएका नेता कार्कीले नेता भट्टराई प्रति कटाक्षगर्दै आफ्‌नो निजी बिचारलाई जताततै पोख्न र कुण्ठित स्वार्थलाई भरिया (मिडिया) मार्फत नपोख्न चेतावनी दिएका हुन् ।
कार्कीले योगेशलाई लेखेका छन्‌– लोकतन्त्रमा अराजकताको कुनै स्थान हुँदैन, त्यहाँ बहुमतको निर्णय लागु हुन्छ । अब उनले एमालेको केन्द्रीय कमिटीमा बहुमतले संसद पुर्नस्थापनापछि केपी ओली प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव पास गराउनु पर्छ । कार्की अगाडि लेख्छन्‌ः केन्द्रीय कमिटीको निर्णय पछि मात्रै बल्ल पार्टीको आधिकारिक निर्णयको रुपमा ओली प्रधानमन्त्री बन्न नपाउने भन्ने कुराका कार्यान्वयनको बाटो खुल्छ । आफ्‌नो निजी विचारलाई जताततै पोखेर पार्टीको धारणा हो, भने जसरी ब्याख्या गर्नु गलत हो, यस्तो अराजकताले देश, जनता र पार्टीको हित गर्दैन
नेता कार्कीले लेखेको जस्ताको तस्तैः
पूर्व प्रधानमन्त्री केपी ओलीलाई संसद पुनःस्थापना पछि प्रधानमन्त्री बन्न रोक्नुपर्छ भन्ने आसय मात्रै बुझिने गरि एमाले स्थायी कमिटी सदस्य कामरेड योगेश भट्टराईले संबिधानविदको भूमिकामा देखिन चाहेको हो भने पहिले संबिधान राम्रो संग पढ्नु पर्‍यो ।
यति गम्भीर कुरालाई आफ्‌नो कुण्ठित स्वार्थको भरिया बनाउनु भएन, यसको लागि सम्बन्धित पार्टीको निर्णयलाई आधार बनाउनु पर्‍यो । लोकतन्त्रमा अराजकताको कुनै स्थान हुँदैन , त्यहाँ बहुमतको निर्णय लागु हुन्छ । अब योगेशजीले एमालेको केन्द्रीय कमिटीमा बहुमतले यो प्रस्ताव पास गराउनु पर्छ, अनि बल्ल पार्टीको आधिकारिक निर्णयको रुपमा कार्यान्वयनको बाटो खुल्छ । आफ्‌नो निजी विचारलाई जताततै पोखेर पार्टीको धारणा हो, भने जसरी ब्याख्या गर्नु भएन । यस्तो अराजकताले देश, जनता र पार्टीको हित गर्दैन ।