सिन्धुलीः नेकपा एमाले सिन्धुलीका नेता घनश्याम राउतले मूलुक बर्वाद हुनुमा जननिर्वाचित प्रतिनिधी हुनुको हैसियलते आफ्नो भागमा आउने जिम्मेवारी लिने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत राउतले जेनजी बिद्रोहका नाममा भएको मूलुकको बर्वादीमा दुधौली नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेको नाताले आफ्नो पनि कमजोरी रहेको स्वीकार्दै आफ्नो भागमा आइपर्ने जिम्मेवारी वा सजाय भोग्न तयार रहेको बताएका हुन् ।
सिन्धुली एमालेका उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिपेश बराल र केन्द्रीय सदस्य मनोजजंग थापा र गणेश पहाडीले आ–आफ्नो तर्फबाट भए गरेका कमजोरी स्वीकार्दै आफ्नो भागमा आउने कमी कमजोरीको जिम्मेवारी लिने बताएका थिए ।
गत साता सम्पन्न एमालेको केन्द्रीय समिति बैठकमा व्यक्त गरेको बिचारलाई लिएर सिन्धुलीका केही एमाले नेता र कार्यकर्ताहरु निरन्तर आफ्नै नेतृत्व बिरुद्ध सामाजिक सञ्जालमा खुइल्याउने कार्यमा सक्रिय भएका बेला दुधौलीका तत्कालिन नगरप्रमुख राउतले सामाजिक सञ्जाल मार्फत आफ्नो कमजोरी स्वीकार गरेका हुन् ।
एमाले नेता राउतले लेख्नु भएको स्टाटस जस्ताको तस्तै : यो मुलुक बर्वाद हुनुमा जननिर्वाचित जनप्रतिनिधि हुनुको हैसियतले मेरो भागमा आउने जिम्मेवारी लिनुपर्छ !
पछिल्लो समय नेता राउतले एमाले पार्टीको तल्लो तहमा बढ्दै गएको निराशा र आलोचनालाई नेतृत्वले बुझ्न नसकेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु गर्दै आएका छन् । राउत सिन्धुलीमा लोकपिैय जनप्रतिनिधी मानिन्छन् ।











