पार्टी एकताको ‘राग नअलाप्न’ माओवादी नेतृत्वलाई नेता दाहालको सुझाब

सिन्धुलीः माओवादी केन्द्रका नेता लेखनाथ दाहाल राजनले बिचारलाई भन्दा निजी स्वार्थलाई केन्द्रमा राखेर एकताको राग नअलाप्न पार्टी नेतृत्वलाई सुझाएका छन् ।
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) सँग अध्यक्ष प्रचण्डले पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएका बेला नेता दाहालले निजी स्वार्थलाई केन्द्रमा राखेर पार्टी एकताको राग नअलाप्न नेतृत्वलाई सुझाएका हुन् ।
माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल मार्फत बिचारलाई भन्दा निजी श्वार्थलाई केन्द्रमा राखेर एकताको राग नअलापेकै राम्रो भनेका हुन् ।
उनले समाजवादीका नेता माधव नेपाल तर्फ लक्षितगर्दै भनेका छन्‌ः कुरा एकताका गर्ने, नजर पदमा लगाउने विषयलाई अहिलेको अबस्थामा जायज मान्न सकिन्न । नेता नेपाललाई दाहालले ढोंङ्गीको संज्ञा दिंदै भनेका छन्‌ः ढोंङ्गीहरूले बुझ्‌दा उचित होला ।
उनले भनेका छन्‌ः क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने विषय सिङ्गो, सम्बन्धित कमिटीको विषय हो । इच्छाएको पद पाए मात्र गरिने एकता वास्तविक एकता नभै स्वार्थको गठजोड मात्र हुने प्रष्ट पारेका छन् ।
नेता दाहालले आफ्‌नै पार्टी नेतृत्वलाई भनेका छन्‌ः तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता टिक्न नसकेको तर्फ संकेतगर्दै ‘जो टिकाउन नसकिने विषय विगतबाट शिक्षा लिन जरुरी छ ।’
नेता दाहालले यस अगाडि सबै नेताहरूले र आफूलाई नेता सम्झनेहरू सबैले आफूले आफैलाई प्रश्न सोध्नै पर्ने बेला आएको समेत उल्लेख गरेका छन् । निरन्तर रुपमा सामाजिक सञ्जालमा आफ्‌ना कुराहरु लेख्दै आएका दाहालले निर्णय क्षमता ,नेतृत्व क्षमता र परिचालन क्षमता छ कि छैन ? स्पष्ट राजनीतिक दृष्टिकोण, उच्च नैतिकता, पारदर्शिता, जवाफदेहिता, जिम्मेवारी बहन गर्ने क्षमता, इमानदारिता र निश्वार्थता छ कि छैन ? भन्ने प्रश्न पनि उठाएका छन् ।
पद मात्र उच्च छ कि पद अनुरूपको प्रतिष्ठा पनि उँचो छ ? उनले वर्तमान सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री शुशिला कार्कीलाई लक्षित गर्दै लेखेकाछन्‌ः सार्वजनिक लाभको पदमा रहदा अख्तियार र अवसरको दुरूपयोग गरेको छ कि छैन ?
जनताले महसुस गर्ने गरी राजनीतिक क्षेत्रमा,सामाजिक क्षेत्रमा र बिकास निर्माणको क्षेत्रमा सकारात्मक योगदान छ कि छैन ?
उपरोक्त प्रश्नहरूको विज्ञात सम्मत जवाफ दिन नसक्नेले जन विश्वास आर्जन गर्न पनि सक्दैन ।
दाहालले लेखेका छन्‌ः जनसेवा, जनपरिचालन र लोकप्रीय नेतृत्व प्रदान गर्न पनि सक्दैन । सुशासन,समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्दै समाजवादको यात्रा तय गर्न पनि सक्दैन