काठमाडौं: रूसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर डायमण्ड सिले आवश्यक परे देशको लागि फेरी बलिदानी दिन तयार भएको बताएका छन् ।
म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी मात्रै गराएका छैनन्, जेनजी आन्दोलनका नाममा विदेशी हस्तक्षेप जारी रहे आफ्नै देशको रक्षाका लागि लड्न तयार रहेको बताएका हुन् ।
उनले नेपालमा भएको आगजनी तोडफोड र सत्ता निर्माणका क्रममा भएको विदेशी हस्तक्षेप प्रति कटाक्षगर्दै नक्कली जेनजीको आवरणमा विदेशी गर्भासयबाट जन्मन खोजेको नेपाली जेलेन्स्की बिरुद्धको निर्णायक मोर्चामा सहभागी हुने प्रतिवद्धता पनि जनाएका छन् । 
उनले फेसवुकमा यसरी लेखेका छन्ः ‘१६ वर्षको उमेरमा जनयुद्धमा सहभागी Leftist Gen Z र अहिले रुस– युक्रेन युद्धमा होमिएको Leftist Gen Y यहाँको भिषण मोर्चावाट वाँचियो र भोलि देश/समाजवादी आन्दोलनले आवश्यक ठान्यो भने नक्कली जेनजीको आवरणमा विदेशीको गर्भाशय वाट जन्मन खोजेको नेपाली जेलेन्स्की विरुद्धको निर्णायक मोर्चामा सहभागी हुने प्रतिवद्धता ।











