सिन्धुलीः नेकपा एमालेका नेताहरुले आज बिहान सिन्धुलीका नेताहरुले अहिलेको संकटपूर्ण अबस्थामा जिल्लाको वातावरण सहज बनाउन र प्रतिकुलतालाई अनुकुलतामा बदल्न अपील गरेका छन् ।
जेनजी आन्दोलनका नाममा भएको एमाले सिन्धुलीको पार्टी कार्यालयको निरिक्षणका क्रममा एमालेका नेताहरुले सो कुरा बताएका हुन् । एमाले नेता खड्गवहादुर खत्री, जिल्ला सचिव नवराज थिङ र उपसचिव दिपेश बरालसहित एमालेका नेता कार्यकर्ताहरुले क्षतिग्रस्त पार्टी कार्यालयको निरिक्षण गरेका हुन् ।

क्षतिग्रस्त कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले नेता खत्रीले सिन्धुलीका एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाईमा जुट्न अपील गर्नुभएको छ । उहाँले जेन्जी आन्दोलनका क्रममा भएको मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्तगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । ‘हामी कुनै पनि नामको हत्या, हिंसा स्वीकार्य हुन सक्तैन, त्यसैले म सम्पुर्ण सिन्धुलीवासीलाई अपील गदुर्छ कि लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्रनैं हो, निरंकुशता होइन’ खत्रीले भनेका छन् ।
नेकपा एमालेका सचिव नवराज थिङले जवजगको जगमा उभिएका एमालेका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई जिल्लाको असहज परिस्थितिलाई काबुमा राख्न र शान्ति सुरक्षा तथा अमनचयन कायाम राख्ने सन्दर्भमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न अपील गरेका छन् ।












