सिन्धुलीका क्षति ग्रस्त कार्यालयको सरसफाईमा जुट्न एमाले नेता- कार्यकर्तालाई उपाध्यक्ष कर्ण घिसिङको अपिल

नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जेन्जि आन्दोलनका नाममा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सिन्धुलीका एमाले नेता कार्यकर्तालाई मानवीय सेवामा जुट्न अपिल गर्नु भएको छ । उहाँले प्रदेशखबर संग कुरा गर्दै विषम राजनैतिक परिस्थितिका बीच संयमित हुँदै सिन्धुली जिल्लामा भएका सरकारी र नेकपा एमालेको क्षति ग्रस्त कार्यालयको सरसफाई कार्यमा जुट्न तमाम एमाले नेता कार्यकर्तामा अपिल गर्नु भएको हो ।

उहाँले सिन्धुलीका सबै राजनैतिक दलहरु, नागरिक समाज, सञ्चारकर्मी र विभिन्न पेशागत संगठनहरुलाइ वातावरण रहज बनाउन र संभावित हिंसाका घटनाहरुप्रति सचेत रहन अपील गर्नु भएको छ ।