स्थानीय सरकारमा बढ्यो सत्ता उन्माद, सार्वजनिक जग्गा व्यक्तिको नाममा पारित गराउन पत्राचार !

नेपालको सडकमा जनजीविका, सुशासन, न्याय र स्वतन्त्रताका लागि आन्दोलन चल्न थालेको दशकौ नाघिसकेको छ  तर नागरिकले पाउने सास्तीमा कुनै फेरवदल आएको छैन । जनआन्दोलन र जनयुद्धको बलमा स्थापित भएको हाम्रो स्थानीय सिंहदवारका सञ्चालकहरुको काम गराई र बुझाइले अहिले गाउँमा सिंहदरवार होइन, सिहको हुलनैं छिरेको प्रतित हुन थालेको छ ।
राजनैतिक दलको नेता बन्ने होडमाजीमा भएका अलोकतान्त्रिक क्रियाकलाप होस् वा पद प्राप्तीका लागि भएका आर्थिक अराजकता जस्ता विषयले राजनैतिक दलको नेतृत्व र स्थानीय सरकार प्रमुखहरु जनस्तरमा आलोचित मात्रै भएका छैनन्, आम नागरिकमा उनीहरुको भरोसा पनि टुट्न थालेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले केही समय अगाडि संघीय मामिला मन्त्रालयलाई लखेको पत्र सामाजिक सञ्जालमा भाइरल बन्यो र त्यसले हाम्रा स्थानीय सिंहदरवारका प्रमुखहरुको हबिगत कस्तो छ भन्ने कुरा छर्लङ्ग पारिदियो । सो बिबरण सेलाउन नपाउँदै सिन्धुलीको दुधौली नगरपालिकाका कार्यबाहक नगरप्रमुख चन्द्रकिशोर थारुले सार्वजनिक जग्गा व्यक्तिको नाममा रजिष्ट्रेशन पारित गराउन भन्दै मालपोत कार्यालय सिन्धुलीलाई पत्र लेखेपछि जनप्रतिनिधीहरुमा सत्ता उन्माद कति बढेछ ? भन्ने गंभीर प्रश्न उठाएको छ । -थप समाचार आजको सन्देश जनप्रियले लेखेको छ ।