फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।
फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।
शिविर फिक्कल गाउँपालिका ४ खाङसाङवेसीमा भएको शिविरमा ३९ वटा कुकुरको बन्ध्याकरण र २४ वटाको स्पाङ्ग गरिएको छ । बन्ध्याकरणसँगै रेबिज न्यूनीकरणका लागि रेबिजविरुद्धको खोप दिइएको फिक्कल गाउँपालिकाले जनाएको छ ।
काठमाण्डौका प्रमुख पशु चिकित्सक डा. टंकप्रसाद प्रसाई, वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्याल, सितबहादुर श्रेष्ठ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका प्रमुख जनकदेव राउत सहित २५ जना प्राविधिकको टोलीले घरपालुवा तथा सामुदायिक कुकुरहरूको बन्ध्याकरण र रेबिजको खोप दिइएको छ ।
छ वटै वडामा संकलन गरिएका घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई भेटेरिनरी एम्बुलेन्स मार्फत शिविर संचालन भएको स्थानसम्म ल्याइने र संकलन गरिएको स्थानसम्म पु¥याइने व्यवस्था मिलाइएको थियो ।
अमानवीय व्यवहार गर्नु गलत भएको भन्दै छाडा रूपमा रहेका सामुदायिक कुकुरलाई नियन्त्रण गर्ने भनेको बन्ध्याकरणनंै मुख्य विकल्प भएको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले सन्देश जनप्रियलाई बताइन् ।
कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढेपछि पालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको अध्यक्ष सुनुवारले बताइन् । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।