युएस ओपन टेनिसः नोभाक जोकोविच पुनरागमन जितसहित चौथो चरणमा

पुनरागमन गर्दै केइ निशिकोरीलाई पराजित गरेर नोभाक जोकोविच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । क्यालेन्डर अर्थात वर्षका प्रमुख ग्राण्डसलामको उपाधि जित्ने सम्भावना जोकोविचले जीवित राखेका हुन् ।

विश्व नम्बर एक जोकोविचले १७ औँ बरियताका निशिकोरीलाई ६–७ (४–७), ६–३, ६–३ र ६–२ को सेटमा पराजित गरेका हुन् । ३४ वर्षका सर्बियन खेलाडी जोकोविच पुरुष तर्फको कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको खोजीमा छन् ।

उनले चौथो चरणमा २१ औँ बरियताका एस्लन करात्सेभ वा वाइल्डकार्ड मार्फत आएका अमेरिकी जेन्सन ब्रूक्सबीसँग प्रतिस्पर्धा गर्ने छन् ।