डाक्टरको लापरबाहीले ६ महिने वालकको मृत्यु, डाक्टर फरार, स्थानीयद्धारा अस्पताल घेराउ

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. २ स्थित ओम शान्ति हेल्थ केयर अस्पतालको लापरवाहीका कारण ७ महिने वालक युनिकको ज्यान गएको छ । खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि अस्पतालमा उपचारमा ल्याइएको ती वालकलाई अस्पतालका डाक्टरले अन्त कहि लैजानु पर्दैन यही ठिक हुन्छ भन्दै लापरवाहीपूर्ण उपचार गरिरहँदा ती वालकको ज्यान गएको हो ।
अस्पतालबाट डिस्चार्ज गरिएका वालकको १० दिनपछि देब्रे पैताला पाकेपछि परिवारका सदस्यले फेरी अस्पताल ल्याएका थिए । मृतकाका मामा र आफन्तजनले यहाँ ठिक हुँदैन भने हामी अन्त लैजान्छौं भने, तर डाक्टरले तपाईहरु डराउनु पर्दैन, यो यहीं ठिक हुन्छ, पछि छोराको गोडामा अलिअलि दाग मात्रै रहन्छ अन्त लैजानैं पर्दैन भने । त्यसपछि अस्पतालमैं पुन भर्ना गरियो । १६ गते मृतकलाई घाउ सुकाउन भन्दै डाक्टरले इन्जेक्सन लगाए । मृतककी आमा मञ्जु भन्छिन्ः छोरालाई डाक्टरले इन्जेक्सन लगाएपछि तत्कालै बेहोस् भएको छोरोले आँखै खोलेन । छोरो कहिले बोल्छ भनेर डाक्टरलाई पटक पटक सोध्दा एक घण्टापछि, दुई घण्टापछि भनिरहे । राती ८ बजे फेरी डाक्टरलाई सोधें, १० बजे होस खुल्छ भन्यो । उनले आँखाबाट आँशु खसाल्दै भनिन् ।
१६ गते बिहान ४ बजेसम्म होस नखुलेपछि मृतकका मामा रामधन तामाङले अस्पताल सञ्चालक भुवन कटुवाललाई वोलाएपछि मात्रै उनले तपाईको छोरालाई काठमाडौ लैजानुस् भन्यो । उनैले अक्सिजन लगाईदिए मृतकका आफन्तको दबाबपछि भुनपनि साथै लागे । १७ गते पाटन अस्पताल लगेको ५ मिनेटमैं डाक्टरले तपाईको बच्चा मरिसकेको छ लैजानुस् भनेपछि सोही अस्पतालमा पोष्ट मार्टम गरेका थिए । पोष्ट मार्टम रिपोर्टमा औषधीको डोज बढी भएका कारण वालकको मृत्यु भएको भनेपछि आक्रोसित भएका आफन्तजनले सँगै रहेका अस्पताल सञ्चालक भुवनलाई नियन्त्रणमा लिएका थिएभने तीनपाटन २ चौतारामा रहेका अस्पतालका डाक्टर फरार भएका थिए ।
सञ्चालक भुवनलाई पाटन अस्पतालमै आफन्तजनले नियन्त्रणमा लिएपछि ‘भुवनलाई तत्कालै छोड्नुस् नत्र मुद्धा लाग्छ’ भन्दै इलाका प्रहरी कार्यालय बेलघारीका सई अरुण झाले फोन गरेर धम्क्याएको आफन्तजनले बताएका थिए । प्रहरी र अध्यक्षको दबाबपछि स्थानीयले भुवनलाई छोडेका थिए । अहिले भुवन पनि फरारछन् ।
यसैबीच उक्त लापरवाहीपूर्ण घटनालाई ढाकछोप गर्न स्थानीय प्रहरी प्रशासन र राजनैतिक दलका नेताहरुको सक्रियता बढेको छ ।
अँगेनामा दुबै गोडा पोलिएपछि मृतकका बाबु सागर तामाङ र आमा मञ्जुले साउन ३१ गते दिउँसो ३ः३० बजे सो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । पाँच दिनको लगातार अस्पताल बसाई पछि अब तपाईको छोरालाई ठिक हुन्छ, दिनदिनै डे«सिङ गर्न ल्याउनु होला भनेर डिस्चार्ज गरेका थिए ।

No description available.
No description available.
No description available.
No description available.