पार्टीलाई पहिलो शक्ति बनाउन जिल्ला सभापतिमा मेरो उमेदवारी हो: उपेन्द्र पोखरेल

नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा सभापतिमा दावि घोषणा गरेको हुँ उनले भने ‘जिल्लामा पार्टीलाई गुटले कमजोर बनाएको छ, देशका अप्ठेरो अवस्थामा सदैव निकास दिदै आएको कांग्रेस गुटले नै जिल्लाको स्थानीय तहमा नेतृत्व कम र प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचनमा कमजोर बनिरहेको छ ।’

कार्यकर्ताको बलमा पार्टी सभापति पदको उम्मेदवारको रुपमा आफुले उम्मेदवारी घोषणा गरेको र कार्यकर्ताले आफुलाई विजयी बनाएभने पार्टीलाई जिल्लाको पहिलो शक्तिको रुपमा स्थापित गर्ने योजना बनाएको छु उनले अगाडि भने । गरिव, किसान, मजदुर, लगायत सवैको साझा पार्टीको रुपमा कांग्रेसलाई अघि बढाउनेछु ।

कार्यकर्ताको संरक्षण गर्दै सवै नेता र कार्यकर्तालाई एक ढिक्का गरेर आसन्न स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसले गुमाएका स्थानहरुमा आफ्ना पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउने उनको उद्घोष छ । ‘हाल पार्टी नेतृत्वले कार्यकर्तामाझ पुग्न सकेको छैन, पार्टीको नीतिबारे गाउँ गाउँमा रहेका कार्यकर्तालाई समेटन नसकेको अवस्थामा पार्टी प्रति विश्वास जगाउदै पार्टीलाई बलियो बनाउनेछु ।’ उनले हँसिलो मुद्रामा भने ।
राजनीतिलाई पेसा ठानेर आफुले लाभ लिने प्रचलन बढेको भन्दै उनले योग्य र समाज सेवामा योगदान गर्न सक्ने व्यक्ति राजनीतिक पार्टीको नेतृत्वमा रहनु पर्ने बताउदै समाज पार्टीका अन्य पदमा सेवागर्न सक्ने व्यक्तिलाई आफुले साथ दिने बताउँदै आफुले यस अघि पनि पार्टीले दिएको सवै जिम्मेवारीहरु कुसलतापूर्वक गर्दै आएकाले सभापतिको पदमा कार्यकर्ताहरुले मलाई विजयी गराउने विश्वास व्यक्त गरेकाछन् ।
‘कांग्रेसको इतिहास जतिगौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन । यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ मैले सभापतिमा उमेदवारी घोषणा गरेको हुँ, हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आमनिर्वाचनमाहामी कम्युनिष्ट भन्दाकमजोर हुनपुगेका हौँ ।’ अव आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं, पोखरेलले भनेकाछन् ।