नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको एक स्वरमा आलोचना गरेका छन्।
दुवै नेताले ओलीको कार्यशैलीको खुलेर विरोध जनाउँदै बहुमतको निर्णय मान्नु पर्ने बताएका हुन्। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपाका...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ता भएको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको...
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् ।
उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका...
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु...
अमेरिकाले चारजना चिनियाँ नागरिकविरुद्ध भिसा लिने क्रममा जालसाजी गरी झुट विवरण प्रस्तुत गरेको अभियोगमा अभियोग दर्ता गरेको छ ।
त्यसमध्ये तीनजनालाई नियन्त्रणमा लिएको छ । अर्का एकजनाको खोजी भइरहेको संघीय अनुसन्धान व्युरो (एफबिआई) ले जनाएको छ ।
चौथो व्यक्ति सन फ्रान्सेस्को...
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रश्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए।...
श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि...
गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको...
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनलेले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक...












