
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रश्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको बुधबार (साउन ७ गते) मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २ र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै काठमाडौँका ५, महोत्तरीका १, पर्वतका ३, कास्कीका २, स्याङजाका १, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका १४, डढेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ तथा कञ्चनपुरका ३० जनामा कोरोना संक्रमण देखिएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेकाे छ।
हालसम्म देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत छन्।
प्रवक्ता डा. गाैतमका अनुसार पछिल्लो २४ घण्टा देशभर ३ हजार ४ सय ८१ जना पीसीआर परीक्षण गरिएको छ।