
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।
सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक वलात्कारगरी गर्भवती बनाएपछि परेको उजुरीका आधारमा प्रहरीले नेकपाका गोलन्जोर गाउँकमीटी सचितसमेत रहेका उनलाई छोड्न खोजिएको भन्दै महिलाहरुले प्रहरी प्रमुख रञ्जु सिग्देललाई भेटेर कारबाही गर्न दबाब दिएको थाहा लागेको छ । स्मरणीयछ, बलात्कारी भनिएका देवकोटालाई नेकपाले साधारण सदस्यतासमेत नरहनेगरी पार्टीबाट निश्काशन गरेको छ ।