काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । महानिर्देशक केसीले विभागका सवै ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
सर्वसाधारणलाई आवश्यक जानकारी प्रदान गर्ने तथा सहयोगको मार्ग बताउने प्रहरीको हेल्पलाइन १०० मा कार्यरत तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल (१०० हेल्प लाइन) मा कार्यरत तीनजनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि...
सिन्धुलीमा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत श्रावण २२ गते २२ जनाको स्वाब संकलन गरि पठाईएकोमा ६ जनामा कोरोना सं क्रमण देखिएको जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार आज कोरोना संक्रमण पुष्टि...
राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ। सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिए। घटनाबारे...
वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पतालको ढोका ढक्ढक्याउँदै मृत्यु भएको हाे। वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि...
 प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्। उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको...
हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो। अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले...
शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेकाे छ। स्वास्थ्य तथा...
जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले  आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो। सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ...
- Advertisement -

भरखरै प्राप्त