काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।
महानिर्देशक केसीले विभागका सवै ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना कर्मचारीमा मात्र पोजेटिभ रिर्पोट देखा परेको बताए।
त्रिभुवन विमानस्थल अध्यागमन विभागको काम भने नियमित चलिरहेको महानिर्देशक केसीले बताए ।











