काठमाडौं उपत्यका १५ दिनका लागि ‘अत्यावश्यक बाहेक अन्य सेवा’ बन्द

जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले  आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो।

सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ उपत्यकामा सिडियोहरुले गरेका छन्।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

बैठकमा सवारी साधनमा जोर बिजोर कडाइका साथ कार्यान्वयन गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग नगर्नेलाई कारवाहीको प्रकृया अघि बढाउने छलफल भएको भट्टले बताए। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सटडाउन बारे छलफल भएको हो ।