सिन्धुलीमा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत श्रावण २२ गते २२ जनाको स्वाब संकलन गरि पठाईएकोमा ६ जनामा कोरोना सं क्रमण देखिएको जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार आज कोरोना संक्रमण पुष्टि भएकामा तीनपाटन गाउँपालिका वडा नं. ४ लंगुरखोलाका एक जना, जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत स्वास्थ्यकर्मीका बुबा एक जना र वाँकी सिन्धुली स्थित नेपाली सेनाका जवानहरु रहेका छन् । सोही संक्रमणपछि सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले सामाजिक सञ्जालमा भोली देखी ३ दिनसम्मका लागि आकश्मिक सेवा वाहेक सम्पूर्ण सेवाहरु बन्द भएको जनाएका छन् । अध्यक्ष पोखरेलले फेसवुक मार्फत अस्पतालको बहिरंग सेवा ३ दिनका लागि बन्द गरेको जनाएका हुन् । संवद्ध स्रोतका अनुसार कमलामाई नगरपालिका वडा नं. ६ १ नम्वर बजार स्थित मधेसी मुलका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी रहेका छोराको पनि स्वाव संकलनगरी अस्पताल बन्द गरिएको थाहा लागेको छ । स्मरणीय छ, ती कोरोना संक्रमित केही दिन अगाडिमात्रै सिन्धुली आएका थिए ।
यता कमलामाई नगरपालिकाले आज संक्रमण समुदायमा फैलिएको छ कि छैन भन्दै ९. ६ र ७ नम्वर वडामा सेम्पल संकलन गरेको छ । नगरपालिकाले आजमात्रै ५० भन्दा बढीको स्वाव संकलन गरिएकोे बताएको छ । योसँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।