उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल र पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीबिच काज साटफेर भएको थाहा लागेको छ ।
यसअघि अध्ययनका लागि कार्यबोझ कम हुने ठाउँमा गएका चुडाल अध्ययन सकिएसँगै पाटनमा फर्किएका हुन्। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...
नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बारको कार्यसमितिले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् ।
श्रेष्ठ यसअघि पनि न्याय परिषद्मा सदस्य...
रुकुम जिल्लाको आठबीसकोट नगरपालिकामा सत्तारुढ नेकपा र नेपाली कांग्रेस पक्षबीच झडप भएपछि शुक्रबार दिनभर तनावग्रस्त रह्यो भने प्रशासनले झडप रोक्न केही वडाहरुमा निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर नगरपालिकाका ९, १०,...
नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल ३६० जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ।
नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाइ...
नेपाल बार काउन्सिलले एकजना कानुन व्यवसायीको प्रमाणपत्र खारेज गरेको छ भने अरु सातजनालाई नसियत दिएको छ।
शुक्रबार बसेको काउन्सिल अनुशासन समितिको बैठकले सरकारी छाप किर्ते गरेको अभियोगमा दोषी ठहर भएका अधिवक्ता गुणराज लोहनी (प्रमाणपत्र नम्बर ६३१७)लाई रद्द गरेको हो।
लोहनीले सरकार...
बाँके प्रहरीले ठुलो मात्रामा अफिम र पटाका बरामद गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाही बाँकेबाट १० किलो चार सय ग्राम अफिमसहित पक्राउ परेका छन्।
खजुरा गाउँपालिका वडा नं ८ बाट शाही अफिमसहित पक्राउ परेका...
धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ ।
उनको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनी केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको भएका...
स्थानीय प्रशासनको लापरवाहीले कोरोना संक्रमितको शब व्यवस्थापनमा समस्याजिल्ला दैविप्रकोप व्यवस्थापन समिति सिन्धुलीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापनमा लापरबाही गर्दा स्थानीयहरु विरोध मात्रै गरेरनन्, खाल्डो खनिरहेको स्काभेटरनैं नियन्त्रणमा लिए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने नागरिकको...
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ खटिएको...
राजसंस्था पुन:स्थापना र हिन्दू राज्य घोषणाको मागसहित रुपन्देहीमा मोटरसाइकल र्याली निकालिएको छ।
वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो।
देश र श्रीपेचको रक्षाको लागि भन्दै अभियानले...












