१० किलो अफिमसहित एकजना पक्राउ

बाँके प्रहरीले ठुलो मात्रामा अफिम र पटाका बरामद गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाही बाँकेबाट १० किलो चार सय ग्राम अफिमसहित पक्राउ परेका छन्।

खजुरा गाउँपालिका वडा नं ८ बाट शाही अफिमसहित पक्राउ परेका हुन्। पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध अफिम र चरेसको कारोबार बाँके हुँदै भारतमा हुने गरेको पाइन्छ। गत शनिबार मात्रै बाँके प्रहरीले तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजनालाई नियन्त्रणमा लिएको थियो।

यस्तै बाँके प्रहरीले जमुनाहाबाट ठूलो मात्रामा पटाका बरामद गरेको छ। पाँच लाख रुपैयाँभन्दा बढीको पटाका बरामद भएको एसपी रानाले जानकारी दिए। भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै नेपालगञ्ज भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो।