काठमाडौं: पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।
परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको अस्पतालका...
तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित 'सील' गरिदिएको छ।
ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ।
तर भारत र नेपाल दुवै देशमा 'लकडाउन' गरिएका कारण भारत फर्कन...
काठमाडौँ – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन्।
उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका...
कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
दुधौली: सिन्धुलीको दुधौली नगरपालिकबाट पहिलो चरणमा जिल्लामा कोरोना संक्रमणको परीक्षण सुरु भएको छ । आज थप मानिसहरुमाथि जाँच गरिने थाहा लागेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकारीहरुले हिजो विदेशबाट दुधौली नगरपाकिाको क्वारेन्टीनमा बसिरहेका १८ जनाको र्यापिड किट मार्फत कोरोना...
खोटाङ: दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ।
माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृत्यु भएको हो।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११:५५ बजे...
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन्।
कृष्णपुर नगरपालिका-४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र...
दाङ: कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गर्न र्यापिड टेष्ट गर्न शुरु गरिएको छ। घोराहीमा रहेका तीन जनामा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ।
घोराही–३ कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणको रिपोर्ट...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) को उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमित पाइएपछि प्रदेश सरकारले लकडाउनलाई प्रभाबकारी बनाउने र परक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । प्रदेश २ को प्रमुख व्यापारिक शहर मानिएको पर्साको वीरगञ्जमा...
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् । जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै...