कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिलाका श्रीमान् सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार रहेको खुलेको छ ।
उनी सशस्त्र प्रहरीको अस्पतालको प्रयोगशालामा कार्यरत रहेका छन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सन्तानसहित घरमै क्वारेन्टाइनमा बसेका छन् ।
माइत महेन्द्रनगर गएकी उनकी श्रीमती वैशाख २९ गते बेलुका दुई सन्तानसहित काठमाडौँ आएकी थिइन् । मंगलबार ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि टेकू अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।
सशस्त्र प्रहरी अस्पतालको ल्याबमा कार्यरत वरिष्ठ हबल्दारले श्रीमतीसँग भेट भएपछि कतिजनाको सम्पर्कमा आए भन्ने खुलेको छैन । आफूले कम्तिमा ५–६ सँग प्रत्यक्ष भेटघाट गरेको उनले बताएको स्रोतले जानकारी दिएको छ ।