वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ।
पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको प्रदेशखवरलाई जानकारी दिइन्।
‘कोरोना संक्रमित भागेको खबर आएलगत्तै प्रहरी टोली खोजीका लागि खटिएको छ’, उनले भनिन्।
संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ। अस्पतालबाटै संक्रमितहरु भाग्न थालेपछि देशभर थप सुरक्षा चुनौती देखिएको छ ।