क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।
मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भक्तपुरमा कार्यरत नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।
दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।