भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएसँगै उनले खाना खाएको सिन्धुलीको भिमान बजार स्थित तारा राउतको घरका ६ जना र छिमकीसहित १० जनाको कोरोना परिक्षणका लागि आज दिउँसो स्वाब संकलन गरिएको छ ।
स्वाब संकलनमा संम्लग्न चिकित्सकका अनुसार कोरोना परिक्षणका लागि संकलन गरिएको स्वाब काठमाडौ पठाइएको र भोली दिउँसोसम्म त्यसको रिपोर्ट आउने छ । कोरोना त्रासका कारण राउतसहित ३ घरमा रातो स्टिकर लगाइएको छ भने उनीहरुको सम्पर्कमा आएका १९ घर परिवारलाई क्वारेन्टीनमा राखिएको बताइएको छ ।