वीरगञ्ज अस्पतालबाट फरार दुबै कोरोना संक्रमित पक्राउ

पर्साको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालबाट फरार दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् । 

नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार दुबै जनालाई पक्राउ गरी पुनः उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अस्पतालको आइसोलेसन कक्षमा रहेको शौचालयको भेन्टिलेसन फुटाएर हिजो बुधवार फरार भएकामध्ये एक जनालाई वीरगञ्ज महानगरपालिकाको तिलावे नदी पुलबाट र अर्कालाई वीरगञ्जस्थित खाली रहेको श्रीराम सिनेमा हलबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।