
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ ।
आज गृह मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासन कार्यालयबाट वितरित पास पनि खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय शनिबारबाट लागू हुने गृह मन्त्रालय श्रोतले बतायो ।
यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास आज(विहिबार)देखि खारेज गरेको थियो । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण भेटिएपछि गृहले थप कडाइ गर्न थालेको हो ।