प्रदेश समाचार

प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सोमबार साँझ गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो। मन्त्री घिमिरेको सचिवालयका अनुसार शनिबार धनकुटास्थित कोभिड १९ अस्पतालको निरीक्षण गरेर फर्किएसँगै उनमा...
सिन्धुलीमा ६ जना प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय...
वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको डा. रिजालले बताए। उनले भने,‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो। हाम्रो एज फ्याक्टर...
रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको...
वीरगञ्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन भएको छ। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत ७८ वर्षीय सरावगीको गएराति १२ः५ बजे निधन भएको हो।  उनी वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका बाबु हुन्। २४ साउनदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए। मेयर सरावगीका अनुसार उनलाई मिर्गौला...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का दुई जना सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । धरान उपमहानगरपालिका १७...
उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै शनिबार राति मृत्यु भएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि...
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ। शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ। दुई...
पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको...
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक...
- Advertisement -

भरखरै प्राप्त