स्त्रीरोग विशेषज्ञ डा. रिजाल दम्पतीलाई कोरोना भाइरस संक्रमण

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको डा. रिजालले बताए। उनले भने,‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो।

हाम्रो एज फ्याक्टर र पास्ट हिस्ट्रीले गर्दा परीक्षण गरिहालौँ भनेर परीक्षण गरेका थियौँ। हामी दुवैको रिपोर्ट पोजेटिभ आएको छ। अहिले हामी दुवै जना अस्पतालमा भर्ना भइसकेको छौँ। स्वास्थ्यमा कुनै समस्या देखिएको छैन।’आफूहरु दुवै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएको उनले बताए।

Seen by Prativa Chand Thakuri at Saturday 2:50pm