वीरगञ्जका उद्योगपति सरावगीको निधन 

वीरगञ्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन भएको छ। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत ७८ वर्षीय सरावगीको गएराति १२ः५ बजे निधन भएको हो। 

उनी वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका बाबु हुन्। २४ साउनदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए। मेयर सरावगीका अनुसार उनलाई मिर्गौला र मुटुमा जटिल समस्या देखिएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो।

उनलाई केही समय पहिले कोरोनाभाइरस संक्रमण भएको थियो। पछिल्लो समय संक्रमणमुक्त भइसकेका थिए।