प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सोमबार साँझ गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्री घिमिरेको सचिवालयका अनुसार शनिबार धनकुटास्थित कोभिड १९ अस्पतालको निरीक्षण गरेर फर्किएसँगै उनमा लक्षण देखिएको थियो।
मन्त्री घिमिरे फर्किएपछि झाडा पखाला भएको र आज ज्वरो आएको सचिवालयले जनाएको छ।
तर शनिबार बेलुकाबाट मन्त्री घिमिरे निवासमै रहेको र स्वास्थ्य अवस्था सामान्यउन्मुख रहेको सचिवालयले बताएको छ।