चौध दिनअघि थुनुवा र डिउटीमा बसेका प्रहरीलाई कोरोना देखिएका नेपालगञ्ज कारागारका थुनुवा र प्रहरीले बिहीबार कोरोनालाई जितेका छन् ।
उनीहरुलाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले थुनुवा, प्रहरीसहित पाँच जनालाई...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
जिल्लाको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, सो गाउँपालिकाको वडा नं. ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय...
नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको...
धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका-८ का वडा सभापति नारद ठगुन्ना सहितको टोलीले अध्यक्षमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
‘आक्रमणको कारण अझै खुल्न सकेको...
कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्।
सीमानाकाबाट लुकीछुपी प्रदेश-२ मा प्रवेश गरेकै कारण कोरोना संक्रमण थप बढेको आइतवार सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले बताए। उनले कोरोना संक्रमण...
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ।
वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको...
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु...
राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीले सुरुमा कसैमाथि शंका गरिनन् । आफूसँग कसैको झगडा नभएको र रिसिबी पनि कसैसँग नरहेको भन्दै उनले कसैलाई शंका गर्न नसकेको बयान प्रहरीलाई दिइन्।
तर प्रहरीले एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको मोबाइलको कल...










