बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । बेपत्ता...
दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ ।
आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइ प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।
उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्ण रूपमा क्षति भएको छ...
सभापतिमा पराजित भएको भोलिपल्टै(बुधबार) डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद कार्यक्रममार्फत चार सन्देश दिएका छन्।
बुधबार भएको दोस्रो चरणको चुनावबाट कोइरालालाई पराजित गर्दैै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन्। देउवाले २७ सय ३३ मत पाएका छन् भने कोइरालाले १८ सय ५५...
सिन्धुलीमा बिहीबार ४३ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएको छ । ५७ जनामा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा बुधवार ३३ जनामा सङ्क्रमण पुष्टि भएकोमा बिहीबार ४३ जनामा सङ्क्रमण पुष्टि भएसङै सङ्क्रमितको...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्धको महाअभियोग लोकतन्त्रका विरुद्ध धेरै गम्भीर षड्यन्त्र भएको निश्कर्ष सुनाउनु भएको छ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश जवराबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु...
युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ ।
यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाको अध्यक्षमा हालका वडा अध्यक्ष कृष्णप्रसाद दाहाल(सन्तोष) नै उपयुक्त भएको माओवादी केन्द्रका एक नेताले बताएका छन ।पालिकामा अहिले माओवादी केन्द्रबाट विशेष गरी तीन जनाको नाम चर्चामा रहेको...
सिन्धुलीको कमलामाई नगरपालिकामा गठबन्धन तर्फका उपमेयर दिर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको घटना सेलाउन नपाउँदै फेरी एक अर्का वडाध्यक्षको उम्मेदवारी पनि जोखिममा परेको छ ।कमलामाई नगरपालिका वडा नं. २ मा गठबन्धन तर्फ एमाओवादी केन्द्रका उम्मेदवार इन्द्र वाइवा विरुद्ध एमालेका वडाध्यक्षका...
नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी अमेरिकासँग नगरेको जानकारी दिएकै भोलिपल्ट बिहीबार सार्वजनिक एक पत्रमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनुमतिअनुसार उक्त प्रोग्राममा सहभागी हुन अनुरोध गरेको खुलेको छ। सेनाले लेखेको पत्रमा...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...











